अत्तरिया : सुदूरपश्चिमको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन् । प्रदेश सांसद मानबहादुर रावल र भीम भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन्।
माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भण्डारी र नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य रावलले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन् । प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो ।
सोहि समय तालिकाअनुसार नेपाली कांग्रेस र माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित दुबै सांसदले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। सुदूरपश्चिममा भोलि सभामुखका लागि मतदान हुने कार्यक्रम रहेको छ ।
सम्बन्धित पाेस्टहरु