
बैतडी : बैतडीमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षिय पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन ।
सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए । उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । बलात्कारपछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ । यसबारे एक पुरूषलाई पक्राउ गरेर छानबिन भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।
