Agni Offset Press

अत्तरियामा सञ्चालन भईरहेको महोत्सवमा दर्शक खचाखच

Aarati simant

अत्तरिया, १ माघ : अत्तरियामा सञ्चालन भईरहेको महोत्सवमा आईतबार दर्शकहरु खचाखच भरिएका छन् । आईतबार अर्थात माघे संक्रान्ति भएकोहुँदा पनि होला दर्शकहरु महोत्सव सञ्चालन भईहरको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा दर्शकहरु भरिएका हुन ।
पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शक घुइँचो बढ्न थालेको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले अपेक्षा भन्दा बढी दर्शक आएको बताए । उनले दर्शकहरुको आवश्कता अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकहरुको उपस्थिति बाक्लो रहेको बताए ।
४ दिनहरुमा आजको सहभागिता देखर उत्साहित भएको बताए । उनले यस महोत्सव लाई नियमित रुपमा दर्शकहरुले यसरी नै अवलोकन गरी साथ सहयोग गरी दिनुहुन अनुरोध समेत गरे । यस्तै, अध्यक्ष देवकोटाले माघ २ गते का दिन राष्ट्रिय एकदमै प्रख्यात गायक पुष्कल शर्मा, धोज राज महरा र राज कुश्मी आउने जानकारी दिए ।
आईतबार गायीका इन्दिरा जोशी र लोक देउडा तथा लोक पप गायक चेतन बोहराको प्रस्तुति रहेको थियो । जोशी र बोहराको गितमा दर्शकहरु मनोरञ्जन गरी झुमेका थिए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.