
वर्षौँ पछि घर फर्की आउँदै छु है आमा
केही छिन् मै घर पुग्छु पस्किनु है खाना।
रमाइलो धेरै हुनेछ होला म घर पुग्दा त
आशीर्वाद पाउँछु होला धेरै यो शिर झुक्दा त।।
सकुशल संग पुगेको छु है काठमाडौं सहर
पिलेन चढि घर जाने मेरो पनि रहर।
विदेश जाँदा यही पिलेन चढेर गए थेँ
देश छाडि बिदेश जाँदा भाबुक भए थेँ।।
काठमाडौंबाट उडि सकेँ पोखरा छ घर
सारै डर लगेको छ नि पाइलट कै छ भर।
६८ जना यात्रु सहित पिलेन उड्दै छ
पोखरा घर जाँदै छु म त काठमाडौं छुट्दै छ।।
केही बेर पछि अब पोखरा देखियो
कालो बादल आएर होला बाटो नै छेकियो।
सबै जना कराउन थाले, सबको सास रोकियो
अचानक पिलेन उड्दा उड्दै सेतीमा ठोकियो।।
सबै जना बेहोस् थिए पानी नि पाएनन्
मेरो सास बाँकी थियो बचाउन आएनन् ।
एउटा दाजु आएका थिए मलाई बचाउन
माफ गर्नुस् दाजु सकिन मैले यो सास रोकाउन।।
म पनि आज बाँचेको भए हाँस्ने पो थिएँ कि
मोबाइल त्यागी बचाएको भए बाँच्ने पो थिएँ कि।
स्वर्थी मान्छे सबै जना मोबाइल मै ब्यस्तै थिए
पिलेन दुर्घटना भयो भनेर बेस्सरी हाँस्दै थिए।।
कोही डाक्टर, कोही गायक, कोही थिए विदेशी
म लगायत ५२ जना बिते है स्वदेशी ।
आँखा भरी आँसु थियो अन्तिम सास भएर
अर्को जुनिमा भेट्ने छु सबैलाई स्वर्गमा गएर।।
भाषण दिने नेता आज खै कहाँ लुके छन्
दुर्घटनाले सबै नेताको शरीर सुके छन्।
घटना स्थलमा उद्धार गर्न कोही नेता आएनन्
राष्ट्रपतिको हेलिकप्टर आज काम आएनन्।।
नरुनु आमा नरुनु बाबा म आउन सकिन
दैवले नै लेखेको रहेनछ हाम्रो यो भेट हुन।
बाटो हेरि ए मेरि आमा नबस्नु आसमा
घर आउने छु ए मेरि आमा काठैको बाकसमा।
हे मेरी बहिनी नरुनु तिमी बाआमा सम्झाउनु
आउने तिहार दाजुलाई नसम्झी राम्ररी बनाउनु।
तिम्रो दाजु कहिले अब आउँदैन फर्केर
ए मेरी बहिनी तिमी पनि नबस्नु पर्खेर।।
✍️सुनिल बुढा
धनगढी २, चौराह
