Agni Offset Press

‘सरी मम’ चलचित्र प्रदर्शनमा

Aarati simant

अत्तरिया : युवा अभिनेता प्रभात पाल ठकुरी र सरिता लामिछानेको मुख्य भुमिका रहेको नेपाली चलचित्र ‘सरी मम’ बिहिबारबाट प्रदर्शनमा आएको छ ।
लागूऔषध दुव्र्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा काठमाडौँ उपत्यका अन्तर्गतका हलहरूमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने भएको छ ।
नवीन बोगटीले निर्देशन गरेको यस चलचित्रमा प्रभात पाल ठकुरी, सरिता लामिछाने, सरोज खनाल, एलिस राई, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत का कलाकारको अभिनय छ ।
लागूऔषध दुव्र्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्न अपेक्षा चलचित्रले राखेको छ ।

मूख्य भूमिकामा ‘प्रभात पाल ठकुरी र सरिता लामिछाने’

प्रदर्शनमा आएको ‘सरी मम’ चलचित्र लाई सह–परिवार सहित हेरिने र उत्प्रेरणा सहित सामाजिक जनचेतना का विषयमा निर्माण गरिएको चलचित्र रहेको छ । प्रदर्शनमा आएको ‘सरी मम’ चलचित्र को मुख्य अभिनय को रुपमा देखिएका युवा जाग्रीला अभिनेता प्रभात पाल ठकुरी ले केहि दिन अघि नै देशभरि कै हल मा प्रदर्शन मा आएको चर्चित अभिनेता आर्यन सिग्देल को ‘डिसेम्बर फल्स’ फिल्ममा भूमिका निभाएका उनी आफ्नो अभिनय संगै निकै चर्चित भएका थिए ।
युवा अभिनेता प्रभात पाल ठकुरी नेपाली टी.भी नाटक, म्युजिक भिडियो, लगायत विभिन्न विज्ञापन मा समेत भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.