Agni Offset Press

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

Aarati simant

काठमाण्डौँ : सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की इन्दिरा राना मगरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन् ।

आज बसेको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छन् । उनको समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । सत्ता गठबन्धनमा शक्ति बाँडफाँट गर्ने क्रममा रास्वपालाई उपसभामुखको पद भाग परेको थियो । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ ।

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.