गोदावरीमा शिक्षकको आन्दोलन जारी : नगरपालिका अगाडि प्रदर्शन

नगरभित्रका विद्यालयहरुले मंसिरमा भर्नुपर्ने माग फारम नभरेका कारण समस्या : मेयर भट्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन । चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्न शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे । उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालय अगाडि आएर धर्ना दिँदै विरोध गरेका छन ।
यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए । यस्तै नगरपालिकाले नगर शिक्षकलाई पनि तलबमा विभेद गरेको आरोप समेत रहेको छ । । नगरपालिकाद्वारा राखिएका नगर शिक्षकलाई तलबमा विभेद गरेको भन्दै नगर शिक्षकहरुले पनि आन्दोलनमा सहभागिता जनाएका छन । नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार दिने गरेको छ । कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भए पनि त्यो अहिलेसम्म नगरपालिकाले नबनाएको पनि उनी बताउँछन ।

गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट भने नगरभित्रका विद्यालयहरुले मंसिरमा भर्नुपर्ने माग फारम नभरेका कारण समस्या आएको बताए । उनले भने,‘लेखा शाखा प्रमुख पनि अनिवार्य अवकास भएकाले पनि यसमा समस्या देखिएको हो ।’ अब सोमबारदेखि भने समस्या समाधान हुनेगरी काम हुने भएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.