कैलालीको प्रमुख जिल्ला अधिकारीका रूपमा आउँदै युवराज कटेल

अत्तरिया : कैलालीको प्रमुख जिल्ला अधिकारीका रूपमा युवराज कटेल आउने भएका छन् । कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको नुवाकोट सरुवा भएपछि उनको ठाउँमा कटेल कैलाली आउन लागेका हुन् ।

शुक्रवार उप प्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा भएको छ । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत कटेल पनि कैलाली आउने भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.