उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित

काठमाण्डौँ : प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन्। शनिबार सम्पन्न मतदानमा राना मगर निर्वाचित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरको १६६ पक्षमा मत परेको थियो। उनलाई सभामुख बनाउने प्रस्तावको विपक्षमा ९७ मत परेको घिमिरेले जानकारी दिए। आजको बैठकमा जना २६४ सांसद उपस्थित थिए।

बहुमतले राना मगर उपसभामुखमा निर्वाचित भएकीले नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस भएन। रानालाई उपसभामुख बनाउने प्रस्तावमा मत दिन्न भन्नेमा एक मत परेको थियो। प्रतिनिधिसभाको अर्को बैठक माघ १० गतेका लागि बोलाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.