धनगढीको मनेहरामा भोली देखि हुने ज्ञानमहायज्ञ तयारी पुरा

धनगढी, ७ माघ : धनगढी उपमहानगरपालिका–७ मनेहरामा आईतबार देखि धार्मिक ज्ञानमहायज्ञ लाग्ने भएको छ । मेनहरामा रहेको मन्दिरका साथसाथै खेलकुदको समेत विकास गर्ने उदेश्यका साथ महायज्ञ हुन लागेको हो । भोली देखि हुने महायज्ञका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।
मनेहरामा रहेका कालिका मन्दिर व्यवस्थापन समिति र खेल संस्था शिअ उसु क्यानको संयुक्त आयोजनामा महायज्ञ हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महायज्ञ मुल आयोजक समितिले ‘श्री कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ–२०७९’ नाम दिएको छ । आईतबार देखि सुरु भएको महायज्ञ माघ १४ गते सम्म सञ्चालन हुने छ । महायज्ञ सुरु हुनु भन्दा पहिले विभिन्न विद्यालयका विद्यार्थी, खेलाडी र स्थानीयहरुको सहभागितामा धनगढीको क्याम्पस चोक देखि मन्दिर सम्म कलश यात्रा निस्कने आयोजकले जनाएको छ । आईतबार दिउँसो १२ बजे उद्घाटन कार्याक्रम रहेको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी गर्ने छन् ।
महायज्ञमा योग विज्ञान शिविर विहान ६ बजे देखि ७ बजे सम्म सञ्चालन हुने भएको छ । पाठ पारायण विहान ८ बजे देखि ११ बजेसम्म, सालीग्राम पुजा पनि विहान ८ देखि ११ बजे सम्म नै सञ्चालन हुने छ । यस्तै कथा प्रवचन, तुला दान, ब्रतबन्धन, विवाह, ग्रहशान्ति, दानदातालाई सम्मान दिउँसो साढे १२ बजे देखि ४ बजे सम्म रहने छ ।
त्यस्तै गरी साँझ साढे ६ देखि ७ बजे सम्म बालसंस्कार, साढे ७ देखि १० बजे सम्म भजन कृतन झाँकी र कथा प्रवचन झाँकी प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । महायज्ञमा प्रमुख कथावाचक गोविन्दराज महाराज रहने छन । यस्तै संकल्पकर्ता एवम् श्रृङगारिक कथावाचक अच्युतशरण महाराज हुनेछन् । आयोजकका अनुसार महायज्ञमा राष्ट्रिय योग गुरु गोविन्दप्रसाद जी र राष्ट्रिय भजन गायक देवेन्द्र उपाध्याय जीको प्रस्तुती रहने भएको छ ।
महायज्ञ मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीका अनुसार कालिका मन्दिरको सार्वाङ्गिण विकास गर्ने, शिव भगवानको मुर्ति स्थापना गरी समाजमा हुने विभिन्न धार्मिक एवं सामाजिक कार्यका लागि सामुदायिक तथा भवन निर्माण गर्ने उदेश्य रहेको छ ।
यस्तै गरी धर्मप्रतिको जनआस्थालाई जीवन्त तुल्याई राख्नका लागि महायज्ञ आयोजना गर्न लागेको संयोजक अधिकारीले बताए । समाजमा रहेका जातीय, धार्मिक, सांस्कृतिक भेदभावको अन्त्य गर्न र सभ्य, सु–संस्कृत समाजको निर्माण गर्न महायज्ञ आयोजा गर्ने उदेश्य रहेको आयोजकले जानकारी दिएको छ ।
यस्तै, उसुका प्रशिक्षक रतन खातीका अनुसार खेलकुद प्रतिको जनआस्थालाई जीवन्त तुलाई राख्न, उसु प्रशिक्षण हल तथा व्यापारिक भवन निर्माण गर्न, अनुशासित एवं सभ्य संस्कारी देशभकत असल नागरिक उत्पादन गर्न उदेश्यका साथ महायज्ञ हुन लागको जनाएको छ । खेल सामग्रीको व्यवस्थापन र खेलप्रतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल राष्ट्रिय पनि चिनाउन सकिन्छ भन्ने कुराको आत्मबोध गराउने उदेश्य रहेको आयोजकले पत्रकार सम्मलने गरी जानकारी दिएको छ । महायज्ञमा १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.