ग्याँस डिलर्स एशोसियसन कैलालीको अध्यक्षमा : भट्ट

धनगढी : ग्याँस डिलर्स एशोसियसन कैलालीको अध्यक्षमा छवीराज भट्ट चयन भएका छन् । संघको दोश्रो साधारणसभाबाट भट्ट अध्यक्षमा चयन भएका हुन् । शनिबार धनगढीमा भएको साधारणसभाबाट एशोसियसनको उपाध्यक्षमा दीपेन्द्र शाही, सचिवमा रामशेर स्वाँर, सह सचिवमा अक्कल बिष्ट, कोषाध्यक्षमा कैलाश चन्द चयन भएका छन् ।
संघको सदस्यहरुमा धन बहादूर बि.क, कलावती ऐर, भिमलाल न्युरे, शिवलाल अर्याल र चक्र देउवा चयन भएका छन् । ग्याँस डिलर्स एशोसियसन कैलालीको नयाँ कार्यसमिति चयन पछि बसेको बैठकले एशोसियसनको नाम परिवर्तन गर्ने समेत निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा ग्याँस डिलर्स एशोसियसन नामले दर्ता भएको संस्थाको नाम अब ग्याँस बिक्रेता संघ राख्ने बैठकले निर्णय गरेको छ ।
ग्याँस डिलर्स एशोसियसन कैलालीका संयोजक छवीराज भट्टको अध्यक्षतामा आयोजित दोश्रो साधारणसभामा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य रख्ने क्रममा संघका बरिष्ठ सल्लाहकार गणेस भण्डारीले ग्याँस डिलर्स एशोसियसन बिगतमा ग्याँस बिक्रेताको हितमा भन्दापनि सिण्डिकेट लाउने किसिमले काम गरिरहेको आरोप लगाए । बिगतका समितिले ग्याँस डिलर्स ब्यापारीहरुका हक हितमा भन्दापनि उहाँहरुलाई झन दण्डित गराउने खालका गतिबिधिमा सक्रिय भएको बताउँदै उनले अबको कार्य समिति हाम्रा हक हितमा काम गर्ने खालको बन्नुपर्नेमा जोड दिएका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.