Agni Offset Press

युवा संघको बैठकमा एमाले नेता भीम रावलमाथि कारबाहीको माग

Aarati simant

धनगढी : नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ । राष्ट्रिय युवा संघ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् । आइतबार धनगढीमा भएको राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा संगठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।
बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरुमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवे प्रमुख अतिथि रहेको कार्यक्रममा युवा संघका अछाम इञ्चार्ज भरतबहादुर शाहको समेत सहभागिता थियो । सोही कार्यक्रममा बिसीले रावलले एमालेका उम्मेदवार झपट बोहरा र यज्ञ बोगटीलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै कारबाहीको माग गरेका हुन् ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.