धनगढी : नेपाल राष्टिय कर्मचारी संगठन (निजामती) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चन्द्रप्रकाश जोशी चयन भएका छन् । धनगढीमा आइतबार भएको संगठनको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा कृष्णराज जोशी, उपाध्यक्षमा शान्ती बलम्पाकी, महेशकुमार पन्त, बिबेक तिमिल्सेना, मदनराज जोशी र नरेन्द्रराज जोशी चयन भएका छन् । सचिवमा खगेन्द्र बिक, सहसचिवमा बलबहादुर धामी, महेश भट्ट, भवानी ऐडी, डम्बरबहादुर रावल र रामसिंह धामी तथा कोषाध्यक्षमा भूमिराज उपाध्याय र सहकोषाध्यक्षमा पृथ्वीराज पन्त सर्वसम्मत भएका छन् । सदस्यमा खगेन्द्रसिंह कार्की, मदनसिंह कुँवर, दीपकबहादुर बुढा, माधवराज जोशी, हरिबहादुर बोहरा, ललित नेगी, नरेन्द्र बुढा, रमेश न्यौपाने, रमेशराज भट्ट, अमरबहादुर कुँवर, टंक ओझा, कृष्ण नाथ, गणेश पाण्डेय र भरतबहादुर ऐर चयन भए ।
अधिवेशनले देवराज जोशीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा आङसिंह डागा र देवसिंह बडाल रहेका छन् । अधिवेशनमा निर्वाचन समितिका संयोजक रहेका नेपाल राष्टिय कर्मचारी महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज भोजराज ओझा र नेपाल राष्टिय कर्मचारी संगठन सुदूरपश्चिमका इन्चार्ज बलदेव कपाडीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष जोशीले कर्मचारीको पेशागत हकहितका लागि संगठनका तर्फबाट आफूले दृढताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संगठनका सबै सदस्यको भावनाअनुसार संगठनलाई अगाडि बढाइने बताए ।