धनगढी : कञ्चनपुरमा घरमा लुकाएको अवस्थाको काठ बरामद गरिएको छ । जिल्लाको लालझाडी गाँउपालिका–५ देखतभूलीमा अवैध रुपमा लुकाएर राखिएको काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय लालझाडीले जनाएको छ ।
सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले स्थानीय ६ घरबाट अवैध काठ बरामद गरिएको बताए । यादवकाअनुसार चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद गरिएको हो ।
जसमा स्थानीय सुविता रानाको घरबाट ६.८७ चिरान, ३८.२८ गोलिया, मोति रानाको घरबाट १५.१८ चिरान, ३८.०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३.७४, काली रानाको घरबाट चिरान १९.०१, विक्रम रानाको घरबाट २७.१४ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ ।