
अत्तरिया, ९ माघ : धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुर्झन्नामा रहेका विद्यालयहरुले वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गरेका छन् । सोमबार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले संयुक्त रुपमा वडाकार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले वडा शिक्षा समितिलाई क्रियाशिल बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, विद्यालयमा एक कक्षा एक शिक्षकको दरबन्दी सिर्जना गरि नीजि स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु अगाडि सारेका छन् ।
धुर्झान्नामा रहेको न्यू कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाको नेतृत्वमा वडा लाई ज्ञापनपत्र बुझाएको हो । यस्तै, गरी सामुदायिक विद्यालयका बाल कक्षाहरुलाई मन्टेश्वरी माध्यामबाट पढाउने वातावरण सृर्जना गरि बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमो व्यवस्था मिलाईनुपर्ने लगायतका माग रहेका छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकको सक्रियताले मात्र सम्भव नभएको हुँदा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने शिक्षकहरुको भनाई रहेको छ ।
शिक्षकहरुको समस्याहरु सम्बोधन गर्न नसक्दा गुणस्तर शिक्षा दिन नसकिन्ने न्यू कालिका आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाले बताए । उनले आफ्नो मागहरु पुरा नभए आगामि दिनमा पनि संघर्षका कार्यक्रमहरु जारी रहने बताए ।
ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष माधव रानाले वडामा रहेका ४ वटै विद्यालयको अवस्था दैनिय रहेको बताए । विद्यालयमा दरबन्दी नहुँदा निजी शिक्षकबाट शिक्षा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । शिक्षा क्षेत्रको सुधारका लागि वडाले आफ्नो तर्फबाट पहले गर्ने उनको भनाई रहेको छ । वडा कार्यालयबाट विनियोजन हुने बजेटलाई आवश्यकताका आधारमा छुट्याउने उनले प्रतिबद्धता गरे ।
