
बाजुरा:ः बाजुराको विच्छयाँ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का महशुस सुदूरपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बाजुरामा केहि घर भत्किएका बाजुरा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाका अनुसार अहिले सम्म २ वटा घर भत्किएको खवर आएको छ ।
