Agni Offset Press

संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

Aarati simant

काठमाण्डौँ : संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान पाँच बजे निधन भएको डा. किरण नकर्मीले पुष्टि गरे ।

मंगलबारर संसद् भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि उनको उपचारका क्रममा निधन भएको हो ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.