मुख्यमन्त्रीसँग नेता भीम रावलको जम्काभेटमा के कुरा भयो ?

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल र नेकपा एमालेका नेता डा.भीम रावलबीच एकआपसमा जम्काभेट भएको छ । बिहीबार धनगढी विमानस्थलको विशिष्ट कक्षमा उनीहरु दुवै जनाबीच भेट भएको हो ।
बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौँबाट धनगढी आइपुगेका मुख्यमन्त्री रावल विशिष्ट कक्षमा प्रवेश गर्दा एमालेका पूर्व उपाध्यक्ष रावल सोही विमानमार्फत काठमाडौँ प्रतिक्षा गरिरहेका थिए ।
सोही क्रममा भेट भएपछि उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको छ । रावलले मुख्यमन्त्रीसँग विश्वासको मत कहिले लिदैहुनुहुन्छ ? भनेर जिज्ञाशा राखेका थिए । जवाफमा मुख्यमन्त्री रावलले गठबन्धनमा आवद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन् ।
रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन् । मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने वचन दिएका छन् ।
नेकपा एमालेबाट २७ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ । उनी नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने पक्षमा छन् । सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित रावलले काठमाडौँमा रहदा गठबन्धनका शिर्ष नेताहरुबीच भेटघाट गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.