मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

धनगढी : कैलालाीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडा भित्रि सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो।
बिहीवार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते भएकी थिइन्। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएका बताए। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.