सुप समावेशिको बार्षिकोत्सव

अत्तरिया, १३ माघ : गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको सुप समावेशि आधारभूत विद्यालयको प्रथम बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयको वार्षिकत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य तुलसी देवकोटाको रहेकी थिईन । प्रमुख अतिथि प्रदेशसभा सदस्य देवकोटाले विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षादिक्षाका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् । उनले यस विद्यालयलाई अझै सुविधा सम्पन्न बनाउनको लागि स्थानीय सरकार संगै आफुले पनि प्रदेशबाट सक्दो सहयोग गर्न पहल गर्ने बताइन् । उनले हाल विद्यालयमा रहेका बालबालिका प्रतिभावान रहेको बताउँदै बालबालिकाको क्षमतालाई अझै निखार ल्याउन आवश्यक रहेको बताइन् ।
बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रतियोगितामा प्रथम, द्घितिया र तृतिय भएका विद्यार्थी सहभागिलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्ना बोहराको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य देवकोटा सहित, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, वडा नम्बर ७ कि वडा अध्यक्ष कलावती साउँद, वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा गोदावरी नगरपालिकाको वडा नम्बर १२ ले स्टेसनरी सहयोग गरेको छ । वडाले २५ हजार बराबरको स्टेसनरी सामाग्री विद्यालयलाई सहयोग गरेको हो । उक्त सामग्री वडा अध्यक्ष भीम खड्काले विद्यालयका अध्यक्ष र प्रधानाध्याकलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.