रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्न्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएका छन्।

गृहमन्त्रालयबाट निजी गाडीमा बाहिरिएका उनी सिधै बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार उनी गैरनागरिक रहेको ठहर गर्दै सांसदसहितका संवैधानिक पद नरहने आदेश जारी गरेको थियो। यो आदेशसँगै उनले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनी गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै मन्त्रीमा नियुक्त भएका थिए।

सर्वोच्चको आदेशपछि चितवन २ बाट मंसिर ४ गते निर्वाचित उनको सांसद पनि पनि कानुनी रुपमा गएको छ। अब त्यहाँ उपनिर्वाचन गर्नुपर्ने भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.