होम स्टेको प्रचारप्रसार गर्न महोत्सवको आयोजना

मसुरिया १५ माघ : कैलाली गौरीगङ्गा नगरपालिका वडा नं ८ लिक्मामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरिएको छ । भाषा, संस्कृति,परम्पराको संरक्षण सम्वर्द्धन तथा कमैया थारु होम स्टे गाउँको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । माघ १६ गते सम्म सञ्चालन हुने महोत्सवको राष्ट्रिय सभा सदस्य हरिराम चौधरी ९उत्सव०ले शनिवार उद्घाटन गरेका थिए ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले थारु समुदाय भेषभुषा संस्कृति र परम्पराको धनी रहेको भन्दै भाषा कला संस्कृतिको संरक्षण तथा स्वस्थ परिकार अवसरको रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । गौरीगङ्गा नगरपालिका तथा वडा नं ८ सहयोगमा कमैया थारु होम स्टे, लिक्मा शिविरको आयोजनामा भएको महोत्सवको सभापतित्व हिरालाल चौधरीले गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी, सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुँवर जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुसाल, गौरीगङ्गा नगरपालिका पूर्व नगर प्रमुख भीम बहादुर देउवा लगायतको उपस्थिति रहेको थियो ।

३ दिन सम्म सञ्चालन हुने महोत्सवमा थारु माहालोक गायक मनिराम थारु, थारु गायिका एलिना कठरिया, गायक तुफान राजवंशी लगायतका कलाकारसँगै स्थानीय कलाकारहरूको मौलिक प्रस्तुति रहने छ । ८३ घर परिवार रहेको कमैया थारु होम स्टे गाउँ लिक्मामा ६ घरमा होमस्टे सञ्चालनमा आएको छ भने ८ घर सञ्चालन हुने तयारीमा रहेको महोत्सव आयोजक समितिका अध्यक्ष हिरालाल चौधरीले जानकारी दिए । महोत्सव अवधिभर सांस्कृतिक मनोरञ्जनका साथै स्थानीय खानाका परिकारको स्वाद लिन सकिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.