अत्तरिया : कञ्चनपुर पुनर्वास नगरपालिका-११ डोके बजारबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली र कंचनपुरको सीमानाका रहेको डोके बजारबाट जुवातास खेलिरहेको अवस्थामा नगद ७१ हजार ७२५ सहित धनगढी उपमहानगरपालिका ३ चटकपुरका २८ वर्षीय रमेश भाट, सोही ठाउँका ३५ वर्षीय सागर ऐर, ३८ वर्षीय भरत माली पक्राउ परेका छन् ।
त्यस्तै सोही ठाउँका ३२ वर्षीयक रमेश धामी , कैलालीको गौरिगंगा नगरपालिका ९ का ४८ वर्षीय नरबहादुर धामी र धनगढी उपमहानगरपालिका ८ का ३८ वर्षीय दिनेश मल्ल पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।