धनगढीमा यौन धन्दामा संलग्न ४ युवतीसहित १२ जना समातिए

अत्तरिया, १६ माघ : कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै एकपछि अर्को अप्रेशन गर्न थालेका छन् । एसपी पालले जिल्लामा लागुऔषध कारोबारी प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको टार्गेट बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो समय सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् भने भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ ।
माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दासहितका विभिन्न चार वटा होटल सञ्चालकलाई यौन धन्दा गराएको आरोपमा पक्राउ बताए ।
ती होटलबाट चार युवती र उनीहरुसँग सहबास गर्न पुगेका चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीहरु मध्ये चार जना अनुसन्धानपछि छुटेका छन् भने ८ जनामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) जोशीले जानकारी दिए ।
धनगढीमा धेरै होटलमा प्रहरीकै मिलेमतोमा अवैध यौन व्यवसाय फस्टाएको आरोप लागेका बेला नयाँ एसपीका रुपमा पाल आएपछि भने उनले त्यस्ता होटललाई टार्गेट बनाएर अप्रेशन चलाइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.