अत्तरियामा मगन्तेहरुले हैराने गरेको भन्दै मेयरको ध्यानाकर्षण

अत्तरिया, १६ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीले गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । कैलालीको अत्तरियामा भारतीय मगन्तेहरुले हैराने गरेको भन्दै सोमबार नगरप्रमुख बिरेन्द्र भट्टको ध्यानकर्षण गराएको हो ।
पार्टीकी कैलाली जिल्ला अध्यक्ष सृष्टि महराले नगरप्रमुख भट्टलाई भेटेर समस्या समाधानको लागी आग्रह गरिएको बताईन । केही समय यता अत्तरिया चोक आसपासमा भारतीय मगन्तेहरुको बिगबिगी बढदै आएको छ ।
उनीहरुले स्थानीय ब्यबसायी एबम पैदल यात्रुहरु सँग पैसा मागेर हैरान गर्ने गरेका छन । चोकका ठाउँ ठाउँमा सर्पको जादु देखाउने भन्दै उनीहरुले पैसा अशुल्ने समेत गरेका छन् । भारतीय मगन्तेहरुमा बढी जसो बालबालिकाहरुको प्रयोग हुँदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.