भारतले सुटुक्क शारदा ब्यारेज खोल्दा महाकाली फसेका २० जनाको उद्धार

कञ्चनपुर : भारतीय पक्षले शारदा ब्यारेजको नेपालतर्फको ढोका खोल्दा नदीको बहाब बढेर महाकालीमा फसेका २० जनाको उद्धार गरिएको छ। भारतीय पक्षसंग समन्वय गरेर शारदा ब्यारेजको नेपालतर्फको ढोका बन्द गराएर प्रहरीले महाकालीमा फसेका ८ जना ट्याक्टर चालक सहित २० जना मजदुरको उद्धार गरेको हो।

नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टर सहित मानिस फसेको थिए। भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा ढुवानीका लागि ट्याक्टर लिएर गएका चालक र मजदुरको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भारतीय पक्षले बारम्बार पूर्वजानकारीबिनै अनावश्यक रुपमा पानी नेपालतर्फ छोड्ने गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.