लम्की–चुहामा बन्चरो प्रहार गरि छोरा द्वारा आमाको हत्या, छोरा पक्राउ

अत्तरिया : कैलालीको लम्कि–चुहा नगरपालिका– ६ बागमारा मुक्तकमैया शिविरमा सोमबार मध्यराति छोराले बन्चरो प्रहार गरि आमाको हत्या गरेका छन् ।
सोमबार राती बाघमाराका ४० वर्षीय श्रीराम चौधरीले आफ्नै आमा ७१ बर्षीया लगनीदेवी थरुनीलाई घरमै बन्चरो प्रहार गरि हत्या गरेका हुन ।
बन्चरो प्रहार बाट लगनीको कम्मर र खुट्टामा गम्भीर चोट लागेका कारण उनको उपचारका लागि सुखडको लालरत्न अस्पतालबाट रिफर गरि धनगढीको नवजीवन अस्पतालमा पुगाएको थियो । उपचारका क्रममा मृत्यु लगनीदेवीको मृत्यु भएको हो ।
हत्या गर्ने श्रीराम थारूलाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ । उनकै घर भन्दा करिब ८ किलोमिटर टाढा लुकेर बसेको समयमा श्रीराम थारूलाई पक्राउ गरको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । हत्या गर्ने चौधरी श्रीरामका श्रीमती १ छोरा र १ छोरी काठमाडौमा निःशुल्क होस्टेलमा बस्ने गर्छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.