नेकपा(एस) निकट विद्यार्थि संगठन अखिल कैलाली द्वारा संगठन विस्तारलाई तिव्रता

धनगढी, १७ माघ : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थि संगठन अखिल नेपाल कैलालीले क्याम्पस कमिटी गठनलाई तिव्रता दिएको छ । आउँदो स्ववीयू निर्वाचन लाई मध्यनजर गर्दै क्याम्पस कमीटी, इकाई कमिटि, क्षेत्रीय कमिटी,प्राज्ञिक कमिटी गठन प्रक्रिया लाई तिव्रता दिएको अखील कैलालीका अध्यक्ष रमेश बहादुर बोहराले जानकारी दिए ।
कैलाली बहुमुखी क्याम्पसमा सुनिल जोशीको संयोजकत्वमा ७५ सदस्यीय क्याम्पस कमिटी, चौमाला बहुमुखी क्याम्पसमा प्रमिला नेपालीको संयोजकत्वमा २७ सदस्यीय, घोडाघोडी बहुमुखी क्याम्पसमा गणेश बोहराको संयोजकत्वमा २५ सदस्यीय, टिकापुर बहुमुखी क्याम्पसमा लोकेन्द्र साउँदको संयोजक २० सदस्यीय, खप्तड बहुमुखी क्याम्पसमा दुर्गा जैगडीको संयोजकत्वमा २५ सदस्यीय, ऐश्वर्य बहुमुखी क्याम्पसमा जनक अवस्थीको संयोजकत्वमा १७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।
यस्तै सुदूरपश्चिम एकेडेमीमा कक्षा कमीटी, त्रिनगर मावि दीर्घराज जोशीको संयोजक, बासुदेवी माविमा तेज कामीको संयोजकत्वमा प्राज्ञिक कमिटी र शारदा माविमा मिलन शाहको संयोजकत्वमा प्राज्ञिक कमिटी गठन गरीएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.