कञ्चनपुर : देशभर शाखा स्थापना गरी संचालनमा रहेको शिव शिखर सहकारीले पैसा फिर्ता नदिएको भन्दै समाचार आएपछि महेन्दनगर स्थित शाखामा बचतकर्ता हरुको भिडभाड भएको छ ।
बचतकर्ताहरुले सहकारीको विश्वास नभएको भन्दै आफुले जम्मा गरेको पैसा निकाल्न खोजेपछि तनाव भएको हो । धेरै बचत कर्ताहरुले जम्मा गरेको रकम निकाल्न खोजेपछि सहकारीले बचत फिर्ता गर्न नसक्दा सेवाग्राही आक्रोशित भएका छन । उनीहरुले सहकारीको विश्वास टुटेको भन्दै आफ्नो बचत फिर्ता दिनुपर्ने बताएका छन ।