
अत्तरिया, २८ माघ : गोदावरी नगरपालिका अत्तरियामा हात्तिपाइलेको आम औषधी सेवन अभियान अन्तर्गत नगरपालिकास्तरिय गोष्टी सम्पन्न भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देबी रोकाया, बिभिन्न वडाका वडा अध्यक्ष लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुदूरपश्चिमको कैलालीमा ११ आँै पटक सम्म पनि प्रयास गर्दा पनि हात्तिपाइले निवारण हुन सकेको छैन ।
हात्तिपाइले रोग निवारणको लागी सबै लाई औषधी खुवाउन आम नागरिक लाग्नुपर्ने स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले बताए । उनले कार्यक्रममा हात्तिपाइले रोगको बारेमा जानकारी दिनुको साथै निवारणको लागी अपनाउनुपर्ने साबधानीको बारेमा चर्चा गरेका थिए ।
