अत्तरिया, २८ माघ : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल अन्तर्गत आठौँ दिन सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।
दिनको पहिलो खेलमा लोटसआई स्कुल अत्तरियाले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित ग¥यो । भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३ ओभरमा ४ विकेट क्षतिमा भेटायो ।
लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए । भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२.५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो । भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
लोटस आईका बलर सन्तोष विजले एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच समेत घोषित उनले ३.५ ओभरमा मात्र ८ रन खर्चिए । वीरेन्द्र नाथ र हिक्मत महराले २÷२ विकेट लिए । दिनको दोस्रो खेलमा नव बाल बाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित ग¥यो । लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४।४ ओभरमा १ विकेट गुमाएर भेटायो ।
नव बाल बाटिकाको ब्याटिङमा नर बहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए । दोस्रो विकेटको लागि नर र विराटले ८४ रनको साझेदारी गरे । यस अघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो । उसको लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा विपिन रावलले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नव बाल बाटिकाका बलर वीर बहादुर घर्ती मगरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन खर्चिए । नरबहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १र१ विकेट लिए ।
वीर बहादुर घर्ती खेलको प्लेयर अफ द म्याच घोषित भए । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
सम्बन्धित पाेस्टहरु