अत्तरियाको पुष्पाञ्जली विद्यालयले ३४ औँ वार्षिकोत्सव मनायो

अत्तरिया : गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । बिहीबार विद्यालयले ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको हो ।
पुष्पाञ्जली आवासीय विद्यालयका संस्थापक तथा प्रधानाध्यापक यमप्रसाद भण्डारीको सभापतित्व सम्पन्न कार्यक्रमको प्रमुख अथिति गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।
यस्तै विशिष्ठ अतिथिमा प्याब्सनका केन्द्रीय उपाअध्यक्ष जगबिर थापा रहेका थिए । यसैगरी अतिथिमा प्याब्सन जिल्ला अध्यक्ष टोपेन्द्र शाही, स्टेपिङ स्टोन इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल रामजी हमाल, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लीलाधर बास्कोटा रहेका थिए ।
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ९ सय ६५ जना विद्यार्थीहरु अध्यनरत रहेका छन । विद्यालयले वार्षिकोत्सवको अवसर पारी विद्यालयले खेलाउदै आइरहेको खेल तथा विभिन्न विधामा सहभागी प्रथम, द्वितिय, तृतिय, लगायत उत्कृष्ठ हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको थियो ।
आगामी दिनहरुमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिने विद्यालयका संस्थापक तथा प्रिन्सिपल यमप्रसाद भण्डारीले बताए । वार्षिकोत्सब कार्यक्रममा विभिन्न मनमोहक सांस्कृतिक नृत्य समेत झल्काएका थिए । वार्षिकोत्सव कार्यक्रम संचालक शिक्षक डम्मरुराज भट्ट ले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.