बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

काठमाण्डौँ : उच्च अदालत पोखराले अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ।
कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाह भन्ने पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो। उच्च अदालत पोखराका सूचना अधिकारी समेत रहेका उपरजिस्ट्रार विष्णु प्रसाद आचार्यका अनुसार शाहलाई बाल यौन दुरुपयोग मुद्दामा अभिनेता शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो । उनीविरुद्ध त्यहाँ पनि बलात्कारकै मुद्दा दर्ता भएको थियो। तर, बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए। उक्त अदालतको फैसला अनुसार शाह कारागारमा छन्। त्यसै गरी शाहलाई लागेको बलात्कार अभियोगको मुद्दामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.