विभिन्न माग राख्दै विप्लव पार्टीले नगरप्रमुखलाई बुझायो ज्ञापनपत्र

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (विप्लप) ज्ञापन पत्र बुझाएको छ ।
उप–पश्चिम कैलाली जिल्ला समितिले ज्ञापन तथा ध्यानाकर्षण पत्र बुझाएको हो । सोमबार नगरप्रमुखको कार्यकक्ष मै पुगेर नेपाल कमयुनिस्ट पार्टी (विप्लव) गोदावरी नगरपालिका नगर इन्चार्ज कैलाश जोशीले ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लप) उप–पश्चिम कैलाली जिल्ला समितिले बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त संस्थाहरुको ब्याजदर एक अंकमा घटाउँदै ऋण प्रवाह र असुली प्रक्रिया सरल एबम् सर्व सुलभ बनाउन माग गरिएको छ । ऋण प्रवाहको प्रक्रियामा लिइने चर्को सेवा शुल्क नियन्त्रण गर्दै बैंकका पदाधिकारीहरुबाट मागिने घुस तथा कमिसन अविलम्बन् कडाईपुर्वक नियन्त्रण गर्नुपर्ने ध्यानकर्षणपत्रमा उल्लेख गरेको छ । प्रभावकारी अनुगमन गरी कमजोर अवस्थामा रहेका उद्योगी, ब्यवसायी तथा किसान हरुको ऋण मिनाहा गरियोस् जस्ता कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै अत्याधिक आयात, ब्यापार घाटा, चाल पूँजीको अभाव, स्वदेशी उत्पादनको कमी, निगम र दलाल पूँजीको राष्ट्रिय पुँजीमा अतिक्रमणका कारण साधारण नागरिक मात्र हैन राष्ट्रिय उद्योगी, व्यवसायी, ब्यापारी वर्ग तथा सर्वसाधारण नागरिकहरु छटपटाईरहेका छन । निराशा, पलायन र आत्महत्या सम्मको घतानहरु श्रृङ्खलाहरु दिनप्रतिदिन बढ्दो अवस्थामा छ । दलाल पूँजीपति वर्ग रातारात अरबौं पति बनिरहेका छन । नागरिकको जीवनमा संकट मण्डराईरहेको अवस्थामा राज्य र यसका निकायहरूबाट अभिभावकत्व ग्रहण गर्दै नगरीहरुको संरक्षण गर्नु साटो उल्टै पीडकको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । दिनदहाडै गुन्डाहरु परिचालन गरी पीडितहरुका घर तथा जमिनहरुमा कब्जा गर्दै हिँडिरहेका छन । मीटर ब्याज तथा पास बन्धकी जस्ता अपराध जन्य धन्दा चलाइरहेका अपराधीहरूलाई अविलम्ब कारबाहीको दायरामा ल्याइयोस, यस्ता अपराधीहरूलाई जनताले कारबाही गर्ने अवस्था सृजना नगरियोस् जस्ता कुराहरु मा ध्यान जाओस् भनेर ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.