गौ प्रतिष्ठा पदयात्रा टोलि अत्तरियामा, मेयर भट्टद्वारा स्वागत

अत्तरिया, १५ फागुन : गौ को महत्व र संरक्षण गर्नका लागि कैलालीको चिसापानीबाट सुरु गरिएको गौ प्रतिष्ठा पदयात्रा अत्तरियामा पुगेको छ । फागुन १२ गते देखि सुरु भएको यात्रा सोमबार अत्तरियामा पुगेको हो । पदयात्रा चैत्र ३ गते हरिद्वारमा पुगेर समापान हुने पदयात्राका संयोजक दुर्गा कुमार पोखरेलले जानकारी दिए ।

अत्तरियामा पुगेको टोलिलाई गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले स्वागत गरेका हुन । उनले गाइको संरक्षणका लागि नगरपालिका पनि अभियानको साथमा रहेको बताए । उनले गाइको दुध खाने बेला सम्म मात्रै घरमा पाल्ने त्यसपछि सडकमा छोड्ने प्रवृतिका कारण समस्या सामाधान हुन नसकेको बताए ।
पदयात्राको माहाराज योगि पिताम्बरले नेतृत्व गरेका छन । उनले गाईको संरक्षणका लागि यात्रा गरेको बताए । उनले गाईलाई समाजमा धर्ममा भनिएजस्तै माताको रुपमा स्थापित गर्ने उद्देश्य रहेको बताए । उनले गाइको सेवा गर्न पाउने आफ्नो लागि सौभाग्यको कुरा भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.