राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौँ : आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ।

यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई आठ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुने भने नेम्वाङ नेकपा एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका हुन्।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्। प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.