Agni Offset Press

सुदुरपश्चिम का अभिनेता प्रभात पाल ठकुरी र मोडेल अन्जु चौधरीको खेलब होली (थारू) म्युजिक भिडियो सार्वजनिक

Aarati simant

अत्तरिया :- थारु भाषाको गीत खेलब होली “सलौली सलौली” म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
चर्चित युवा अभिनेता तथा मोडेल प्रभात पाल ठकुरी र चर्चित गायिका तथा मोडेल अन्जु कुष्मी अभिनय रहेको खेलब होली “सलौली सलौली” (थारू) म्युजिक भिडियो मंगलबार आर प्रोडक्सन युट्युब च्यानल मा सार्वजनिक गरिएको हो ।
१ हप्ता अगाडि देखि छायांकन गर्दै आइरहेको यस म्यूजिक भिडियो छायांकन सम्पन्न पश्चात आर प्रोडक्सन युट्युब च्यानल मा सार्वजनिक गरेको हो। विशेष गरी आउँदै गरेको फागुपूर्णिमा (होली) लाई मध्यनजर गर्दै छायांकन गरिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको “खेलब होली” थारु म्यूजिक भिडियो सुदुरपश्चिम प्रदेश को कैलाली जिल्ला का बिभिन्न क्षेत्रमा मा छायांकन गरिएको हो।
यस म्युजिक भिडियो मा गितको स्वर गायक राज कुश्मी र गायिका सोनु कुश्मी को रहेको हो। संगै कोरियोग्राफी प्रदीप थारू, एरेन्ज गणेश चौधरी ले गरेका थिए।
उक्त म्युजिक भिडियो निर्देशक विकाश प्रसाईं ले निर्देशन गरेका थिए।
निर्देशक विकास प्रसाईं ले म्युजिक भिडियो सार्वजनिक गरे पश्चात उनले यस भिडियो मा सहयोग गर्नु हुने कैलाली का स्थानीय व्यक्तिहरू लगायत आफ्नो सम्पूर्ण टिम लाई खुसी ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।
निर्देशक विकास प्रसाईं काठमाडौं निवासी हुन। निर्देशक विकास प्रसाईं ले यस अघि युट्युब मा चर्चित भएका “चन्चले चन्चले”लजालु मायालु, “फुलै फुल दिन्छौ की”,”टाढा भएपनि” जस्ता थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरेका छन्। उनी अहिले सिघ्र नयाँ फिल्म निर्देशन गर्ने तयारीमा रहेका छन् ।
भिडियो लिंक

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.