गोदावरीमा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.