गौरीगंगा नगरपालिकामा डुबेर एक जनाको मृत्यु

अत्तरिया : कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।

अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर मंगलबार उनको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.