Agni Offset Press

धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना अस्पताल भर्ना

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ । दुई जना घाइते भएर अस्पताल भर्ना छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.