अत्तरिया : १५ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासँघ नेपालको आयोजनामा वतित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा टीकाकुमारी पुरी प्रथम भएकी हुन् । दृतीय रामप्रशाद जोशी, तृतीय लक्ष्मण विक र शान्त्वना अशोक राना भएका हुन् ।
राष्ट्रिय अपांग महासँघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव विश्वराज वेस्रा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप सचिव विश्वराज वेस्राले शारीरिक रुपमा अशक्त भएका व्याक्तिहरुलाई पहुँचयुक्त भौतिक सँरचना, शिक्षा क्षेत्र तथा अन्य सेवा सुविधाका क्षेत्रमा अन्य प्रदेशको तुलनामा कम विकास भएको र अब उपरान्त आउने सुदूरपश्चिम प्रदेशका नीतिमा अपांगमैत्री समावेशितालाई प्राथामिकतामा राखेर अखि वढ्नुपर्ने बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय अपांग महासँघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिम प्रदेशमा अपांगतालाई सवै क्षेत्रमा समस्या परेको र उक्त समस्या समाधान अपांग सँघ निरन्तर रुपमा बढिरहेको बताए । उनले सबै भन्दा वढी चुनौति ह्विलचियर प्रयोग कर्तालाई असहज भएको बताए ।
कार्यक्रममा किसान ट्रेडिङ्गका सँचालक मष्कुलर अहमदले ४ वटा म्यानिवल ह्विलचियर सुप समावेशि आधारभुत विद्यालयमा अध्यनरत चार जना छात्रालाई सहयोग गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि ज्ञवाली, धनगढी उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मराज ओझा, नेपाल शिक्षक सँघ कैलालीका अध्यक्ष तथा शारदा मावि का प्रध्यानाध्यापक तेजबहादुर सिँह र अन्य अपांग क्षेत्रमा सँलग्न सँङसँस्थाका पदाधिकारी र अन्य अपांगताभएका व्याक्तिहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु