अत्तरिया, १८ फागुन : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया धनगढी रोडमा रहेको इमानुयल बोर्डिङ स्कूलको २२ औँ वार्षिकत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश सभासद प्रकाशबहादुर वम प्रमुख अतिथि रहेका थिए । उनले कार्यक्रममा विद्यालयले शिक्षा क्षेत्रमा पुगाएको योगदानको प्रंससा गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप अन्तरगत भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्सकृष्टलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले उत्पादन गरेका विज्ञान सामग्रीहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनमा अध्यारोमा आफै बल्ने बत्ती, सिन्सर धारा लगायत प्रदर्शनीमा राखेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, प्याब्सन केन्द्रिय उपाध्यक्ष जगदिश थापा, गोदावरी नगरपालिका नगर वडा प्रवक्ता गोपालदत्त भट्ट विशेष्ट अतिथि रहेका थिए । यस्तैगरी सैनिक आवासीय विद्यालयाका प्रिन्सिपल प्रकाश पन्त, प्याब्सन केन्द्रिय सदस्य यज्ञबहादुर हमाल, प्याब्सन गोदावरी नगर अध्यक्ष श्यामबहादुर खत्री लगायत अतिथि रहेका थिए । विद्यालयका फाउण्डर दिपकबहादुर चन्दको सभाअध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक टेकबहादुर ऐर र विद्यार्थी सिम्रन सुनारले गरेका हुन् ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन प्रिन्सिपल तथा फाउण्डर सिपि ढुंगानाले गरेका थिए । कक्षा १० सम्म सञ्चालन भईरहेको विद्यालयमा ४ सय विद्यार्थीहरु अध्ययन गरीरहेका छन् । २०६५ सालमा स्थापना भएको विद्यालय उत्कृष्ट परिणाम दिन सफल भएको छ ।
सम्बन्धित पाेस्टहरु