कैलालीमा ७१ प्रतिशतले सेवन गरे हात्तीपाइले रोगविरुद्धको आम औषधि

अत्तरिया : १० औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११औँ पटकको अभियान जारी छ।

अभियान सञ्चालन भएको पाँचौँ दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार साँतौ दिनसम्म ६ लाख ६० हजार ४७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।

जिल्लामा नौ लाख २६ हजार ८९० जनसङ्ख्या रहेकोमा हालसम्म ७१.२१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेको जनाइएको छ। कैलालीमा फागुन २४ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.