सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि व्यावसायीको धर्ना

अत्तरिया : धनगढीमा व्यवसायीहरुको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायी झन आक्रामक बन्दै गएका छन्। व्यवसायीहरुले सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् ।

धनगढीसहित प्रदेशभरका व्यवसायी सोमवारदेखि सशक्त आन्दोलनमा उत्रिएका छन्। सुदूरपश्चिमका व्यवसायीहरूले सोमवारबाट शुक्रवारसम्म दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्दै आएका छन्। राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग देशभर उठेको छ।

व्यवसायीले अघि सारेका मागप्रति कुनै सुनुवाई नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले दिए। उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकले लागु गरेको अव्यवहारिक नीतिको सिकार हुनु परेको बताउदै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.