
अत्तरिया : युवा अभिनेता प्रभातपाल ठकुरी र सरिता लामिछानेको मुख्य भुमिका रहेको ‘सरी मम’ चलचित्र पहिलो पटक सुदूपश्चिममा प्रदर्शन हुने भएको छ । शुक्रबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका सहायक निर्देशक विकास प्रसाईले उक्त चलचित्र गोदावरी नगरपालिका २मा रहेको नमस्ते पार्टी प्यालेसमा प्रदर्शन गराइने जानकारी दिए । सम्मेलनमा भोलि शनिवारका दिन दिउँसो २ बजे अभियानका रुपमा १ घण्टा ४८ मिनेटको उक्त चलचित्र प्रदर्शन गरिने भएको विकास प्रसाईले बताए । उक्त चलचित्र अत्तरियामा ‘पि एफ ए’ स्पोर्ट्स क्लव,’ सी वाइ सी’क्लव, ’जे सी आई’ अत्तरिया को सहयोग मा प्रदर्शन गरिने भएको हो ।
लागूऔषध दुव्र्यसनी विरुद्धको कथामा बनेको चलचित्र काठमाडौँका विभिन्न हलहरूमा प्रदर्शन भएसंगै शनिबार अत्तरिया नमस्ते पार्टी प्यालेसमा अभियानका रुपमा प्रदर्शन गरिने भएको अभिनेता प्रभात पाल ठकुरी ले जानकारी दिए ।
उक्त चलचित्र अत्तरिया नमस्ते पार्टी प्यालेसमा लगाएसंगै लगतै यस क्षेत्रका विभिन्न स्कूलहरुमा लगाउने कलाकार ठकुरीले जानकारी दिए । उनले विशेष गरी स्कूल तहका विद्यार्थीहरुलाई मध्यनजर गर्दै ड्रग्स विरुद्धको अभियानको रूपमा लिएर निर्देशन गरिएको चलचित्र भएको जानकारी दिए । उनले यस चलचित्र सबैलाई सहज रुपमा मिल्ने गरेर न्यूनतम शुल्कमा हेराउन गैरहेको बताए । लागूऔषध दुव्र्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्न अपेक्षा यस चलचित्रले राखेको जनाएको छ । अत्तरिया प्रदर्शनमा आइरहेको ‘सरी मम’ चलचित्र लाई सह–परिवार सहित हेरिने र उत्प्रेरणा सहित सामाजिक जनचेतना का विषयमा निर्माण गरिएको चलचित्र रहेको जनाएको छ ।
नवीन बोगटीले निर्देशन गरेको यस चलचित्रमा प्रभात पाल ठकुरी, सरिता लामिछाने, सरोज खनाल, एलिस राई, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत का कलाकारको अभिनय रहेको जानकारी दिए ।
मुख्य भुमिका निर्वाह गरेका युवा अभिनेता प्रभात पाल ठकुरी यस अत्तरिया क्षेत्रको स्थानीय बासी हुन । उनी गोदावरी नगरपालिका वडा नं १ अत्तरिया मै जन्मेका हुन । उनको यो मुख्य भुमिका रहेको सरीमम’ पहिलो चलचित्र हो । यस चलचित्रमा युवाहरुलाई लागुऔषधबाट जोगाउनको लागि राज्यबाट नै सहयोग हुनुपर्ने हो । ‘हामीले निजी क्षेत्रबाट यसलाई निर्माण गरेर युवाहरुलाई देखाउने खोजेका छौ’ उनले भने ‘यसमा कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीलाई देखाउने छौ’ उनले भने ।
शनिबार अत्तरिया प्रदर्शन गरिने ’सरी मम’ चलचित्रको मुख्य अभिनयको रुपमा देखिएका युवा जाग्रीला अभिनेता प्रभात पाल ठकुरीले केहि दिन अघि नै प्रदर्शनमा आएको चर्चित अभिनेता आर्यन सिग्देल को ’डिसेम्बर फल्स ’ फिल्ममा भूमिका निभाएका उनी आफ्नो अभिनय संगै निकै चर्चित मा आएका थिए ।
युवा अभिनेता प्रभात पाल ठकुरी नेपाली टी.भी नाटक, म्युजिक भिडियो, लगायत विभिन्न विज्ञापन मा समेत भूमिका निर्वाह गर्दै आइरहेका छन । उनको भर्खरै खेलब होली “सलौली सलौली“ (थारू) म्युजिक भिडियो समेत युट्युब च्यानल मा सार्वजनिक गरिएको थियो ।
