Agni Offset Press

किसानलाई अनुदानमा क्रेट वितरण

Aarati simant

धनगढी : कैलालीको चुरे गाउँपालिकाका किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । सो पालिकाको कृषि शाखाले किसानका लागि तरकारी तथा फलफूल राख्न प्रयोग गरिने क्रेट वितरण गरेको जनाएको छ ।
कृषि शाखाका अनुसार एक लाखको बजेटमा ५७१ वटा तरकारी तथा फलफूल राख्न प्रयोग गरिने क्रेट खरिद गरी अनुदानमा वितरण गरिएको छ । किसानका लागि तीन सय ५० रुपैयाँमा खरिद गरिएका क्रेट ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखाका प्राविधिक जंगबहादुर चौधरीले बताए ।
उनका अनुसार खरिद गरिएका ५७१ क्रेटमध्ये ५०६ क्रेट किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरी सकिएको छ भने ६५ वटा वितरण गर्ने तयारीमा रहेको बताए । किसानलाई वितरण गर्नका लागि केही क्रेट टुटफुट भएकाले फिर्ता गरिने जनाइएको छ । किसानको मागको आधारमा ती क्रेट वितरण गरिएको शाखाका प्राविधिक चौधरीले बताए । क्रेट वितरण गर्नका लागि निवेदन संकलन गर्दा एक हजार बढी किसानको निवेदन परेकोले बढीभन्दा बढी किसानहरुको मागलाई सम्बोधन गर्नका लागि सेकेण्डहेण्ड क्रेट खरिद गरिएको चौधरीले बताए ।
बजेट अभाव हुँदा बढीभन्दा बढी किसानलाई क्रेट वितरण कार्यक्रममा सहभागी गराउन सेकेण्ड हेण्ड क्रेट किनेर वितरण गरिएको कृषि शाखाको भनाइ छ । यता किसानलाई सेकेण्ड हेण्ड क्रेट वितरण गरेकोमा चुरे गाउँपालिकाद्धारा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागीले गुनासो गरेका थिए ।
सो गुनासो सम्बन्धी गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले कृषि शाखाले बढीभन्दा बढी किसानलाई सो कार्यक्रममा समेट्नका लागि सेकेण्ड हेण्ड क्रेट खरिद गरेको हुन सक्ने बताए । उनले जनगुनासोलाई सम्बोधन गरिने बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.