अनेरास्ववियू त्रिपुरा सुन्दरी क्याम्पस कमिटी अध्यक्षमा : जोशी

अत्तरिया : नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू त्रिपुरा सुन्दरी क्याम्पस अछामको अध्यक्षमा होमराज जोशी चयन भएका छन् ।

शुक्रबार भएको संगठन विस्तारमा जोशीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको सचिवमा उत्तम भट्ट चयन भएका छन् । यस्तै नवगठित कमिटीले आसन्न स्ववियू निर्वाचनको लागि संगठनको मनोनयन समेत दर्ता गरेको छ । संगठनका अन्य विद्यार्थी नेताहरूसहित नवगठित कमिटीले निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गरेको अध्यक्ष जोशीले जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.