गोदावरीमा स्कुल बसको ठक्करले महिलाको मृत्यु

अत्तरिया : स्कुल बसले ठक्कर दिँदा शनिबार बिहान कैलालीमा एकजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ को खैरानास्थित पूर्वपश्चिम राजमार्गमा माउन्ट सैपाल स्कुलको से १ क४४१ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया बाचुबटै आलेमगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घटनाको विरोधमा स्थानीयले केहीबेर पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए। अहिले आवागमन खुला भइसकेको डीएसपी चन्दले बताए। चालक धनगढी उपमहानगरपालिका-१३ मोहनपुर बस्ने ३५ वर्षीय तुलसीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.