Agni Offset Press

सिड्लिङ जोन मन्टेश्वरी स्कुलको १० औं वार्षिकोत्सव सम्पन्न

बालबालिकाको भविश्य उज्वल बनाउन शिक्षाको जग बलियो हुनुपर्छ : बम

Aarati simant

धनगढी, २० फागुन : धनगढीको सिड्लिङ जोन मन्टेश्वरी स्कुलको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशस सभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बमले बालबालिकाको भविश्य उज्वल बनाउन शिक्षाको जग बलियो हुनुपर्ने बताए ।
उनले बाल मनोविज्ञान अनुसार पठन पाठन हुन सके मात्रै देशले चाहेको जनशक्ति उत्पादन हुन सक्ने बताए । प्रदेश सभा सदस्य बमले पुर्व प्राथमिक शिक्षा प्रदानमा सिड्लिङ जोनले महत्वपुर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न पुर्व प्राथमिक शिक्षा अपरिहार्य रहेको बताए । बालबालिकालाई जीवन उपयोगि शिक्षा प्रदान गरी उनीहरुमा भएको प्रतिभा बाहिर ल्याउन सिड्लिङ जोनले महत्वपुर्ण भुमिका खेल्दै आएको उनले बताए । नयाँ पिडीका लागि हातमा शैक्षिक प्रमाणपत्र भएर मात्रै बजारमा बिक्न समस्या हुने भन्दै उनले प्राबिधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
पञ्चोदय माविका पुर्व प्रधानाध्यापक पदम कुँवरले सिड्लिङ जोडको शैक्षिक पद्धति उत्कृष्ट भएको बताए । उनले बालबालिकाको शेक्षिक विकासका लागि विद्यालय संगै अभिभावकले पनि चासो दिनु पर्नेमा जोड दिए । बालबालिकाले धेरै समय घरमै विताउने हुँदा अभिभावकले आफ्ना बालबालिकाको घरमा बढी चासो दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष तथा शारदा माविका संस्थापक प्रिन्सिपल ललितराज पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शनिबार भएको कार्यक्रममा स्कुलमा अध्ययनरत बालबालिकाले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभवक लगायत अन्य आगन्तुकलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक शारदा रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्, भने कलाकार भवानी रेग्मीले कार्यक्रम सञ्चालन गरेका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.