Agni Offset Press

अत्तरियामा ‘सरीमम’ चलचित्र प्रदर्शन

Aarati simant

अत्तरिया : युवा अभिनेता प्रभात पाल ठकुरी र सरिता लामिछानेको मुख्य भूमिका रहेको ‘सरीमम’ चलचित्र पहिलो पटक सुदूपश्चिममा प्रदर्शन गरिएको छ । ‘से नो टु ड्रग्स’ अभियानका साथ बनाएको चलचित्र शनिबार एक जनचेनामुलुक कार्यक्रमको आयोजना गरी उक्त चलचित्र प्रदर्शन गरिएको हो । चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना व्यवस्थापनमा सहयोग सि वाई सी क्लव र पि एफ ए अत्तरिया ले गरेको हो ।
चलचित्र प्रदर्शन गरिएको आयोजित कार्यक्रमका प्रमुख अतिथि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा। डम्बरवहादुर पाल थिए । चलचित्र प्रदर्शन गरे पश्चात प्रमुख अतिथि डा। डम्बरबहादुर पालले सुदूरपश्चिम प्रदेश क्षेत्रबाट नेपाली सिनेमा जगतमा एकपछि अर्कोगर्दै प्रमुख पात्रको रुपमा देखिनु राम्रो भएको बताए । उनले आजको चलचित्र सुरुवाती करणबाट एउटा लागुऔषध विरुद्ध अभियानको सन्देशमुलक जनचेतनामुलक कथा विषयवस्तुमा आधारित भएको हुनाले नायक प्रभात पाल ठकुरी देखि लिएर सम्पूर्ण टिमलाई सफलताको सुभकामना व्यक्त गरे ।
साच्चिकै जल्दोबल्दो रूपमा रहेको नेपाली समाजमा पनि र विषेश गरी गोदावरी नगरपालिका भित्र पनि लागुऔषध ड्रग्स सम्बन्धी समस्या रहेको बताए । उनले यस चलचित्रलाई विभिन्न देश भरिका माध्यमिक विद्यालय तह र प्रदेश तहका शैक्षिक संस्थाहरूमा पनि यस लचित्रले दिन खोजेको संदेश पूर्ण रूपमा प्रदर्शन गराउन आग्रह गरे । यस्तै, कार्यक्रमको विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं ८ का वडासदस्य हरीप्रसाद चौधरी रहेसंगै क्लब सदस्यहरु लगायत दर्शकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालक सिद्ध बोहराले गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.